काठमाडौं। राष्ट्रिय अर्थतन्त्रमा वाग्मती प्रदेशको योगदान १९ खर्ब ८१ अर्ब रहने अनुमान गरिएको छ ।
केन्द्रीय तथ्यांक बिभागले मंगलवार चालू आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये वाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।
कोशी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब (१६ प्रतिशत), लुम्बिनी प्रदेशको ७ खर्ब ६२ अर्ब (१४.२ प्रतिशत), मधेस प्रदेशको ७ खर्ब ७ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको ४ खर्ब ८२ अर्ब (९ प्रतिशत ) र सुदूरपश्चिम प्रदेशको ३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको योगदान रहने अनुमान छ ।
सबैभन्दा कम कर्णाली प्रदेशको जम्मा २ खर्ब २१ अर्ब रुपैयाँ रहने कार्यालयको अनुमान छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।