add

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी






ActPro Nepal

|

२ जेठ, २०८०

|
278

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ३.२९ अंकले बढेर १८२१.६० बिन्दुमा पुगेको हो ।

यसदिन ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचकमध्ये २ वटाको ओरालो लागेको छ भने ११ वटा बढेकोे छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने घटेको छ । सोमवार७२ करोड ४९ लाख ६९ हजार ९८० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.८१ प्रतिशतले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट पौने ३ करोड र नबिल बैंक २ करोडको शेयर किनबेच भएको छ ।

झिनो अंकले बढेको बजारमा आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, मायाखोला हाइड्रोपावर ५.७०, हिमालयन ऊर्जा ५.३५, सनराइज फोक्सड इक्वीटी फण्ड, राप्ति हाइड्रोपावर र न्यादी हाइड्रोपावरको शेयर मूल्य ४ प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.