add

२४ अर्ब ७४ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल






ActPro Nepal

|

३१ वैशाख, २०८०

|
312

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।

बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ र ३६४ दिन अवधिको एक अर्ब ८९ करोड रुपैयाँ गरी कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी जेठ ३० गते, ९१ दिन अवधिको ट्रेजरी साउन ३० गते, १८२ दिन अवधिको कात्तिक २८ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ १ गते परिपक्व हुनेछ ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि बैंकले २८ दिन अवधिको ३ अर्ब, ९१ दिन अवधिको १२ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ९ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ६ अर्ब ८ करोड रुपैयाँ गरी कुल ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.