add

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु






ActPro Nepal

|

२९ वैशाख, २०८०

|
255

काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बिहिवार देखि सुरु भएको छ ।

नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले उद्घाटन गरेको प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ ।

नेपालमा टेनिस खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यका आयोजित उक्त प्रतियागिता जेठ ५ गतेसम्म जंगीअडस्थित टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा खुलातर्फ पुरुष एकल, महिला एकल र मिक्स युगल, भेट्रान्सतर्फ ३५ वर्षमाथि एकल र युगल, ४५ वर्षमाथि एकल र युगल, ५५ वर्षमाथि एकल र युगल, ६५ र ७० वर्षमाथि एकल तथा इन्टर गभरमेन्टलतर्फ पुरुष एकल र युगल विधाहरू समावेश गरिएको छ ।

वि.सं २०६८ बाट मकवानपुर टेनिस संघको प्राविधिक सहयोग र नेपाली सेनाको आयोजनामा हेटौँडामा सञ्चालन हुँदै आइरहेको सामरी स्ल्याम टेनिस प्रतियोगिताले कोभिड-१९ महामारीलगायतका कारण निरन्तरता पाउन नसकेको हुँदा प्रतियोगितालाई निरन्तरता दिँदै अझ बृहद् र परिस्कृतरूपमा सञ्चालन गर्न यो प्रतियोगिता सुरु गरिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.