add

सहिद स्मारक ‘ए’ डिभिजन लिग : जाउलाखेल विजयी






ActPro Nepal

|

२९ वैशाख, २०८०

|
400

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित च्यासल मैदानमा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४-१ गोलअन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा एनकोटो मासोआबीले दुई गोल गरे भने राहुल र फोडे फोफानाले समान एक-एक गोल गरे ।

पराजित फ्रेन्ड्सका लागि भने श्यामबाबु क्यापछाकीले एक गोल फर्काए । खेलको २०औँ मिनेटमा राहुलले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसको छ मिनेटमा एनकोटोले  जावलाखेलको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ६३औँ मिनेटमा उनले पेनाल्टीमार्फ व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता तेब्बर बनाए ।

पेनाल्टी क्षेत्रभित्र एन्जल महर्जनले ह्यान्ड गरेपछि जाउलाखेलले पेनाल्टी पाएको थियो । जसको सदुपयोग एनकोटोले गरे ।

त्यस्तै खेलको ८०अ‍ैँ मिनेटमा फ्रेन्ड्स क्लबका श्यामबाबुले एक गोल फर्काए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई ४-१ को जित दिलाए ।

यस जितसँगै जावलाखेलको १७ खेलमा ३० अंक भएको छ र अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ ।

चर्च ब्वाइजको पनि समान ३० अंक नै रहेको छ तर हेड टु हेडका आधारमा जाउलाखेल शीर्षस्थानमा रहेको हो । जावलाखेलले चर्च ब्वाइजलाई १-० गोलअन्तरले हराएको थियो ।

पराजित फ्रेन्ड्स १७ खेलमा १९ अंकसाथ ११अ‍ैँ स्थानमा छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.