add

फिल्म ‘द केरला स्टोरी’ पश्चिम बंगालमा प्रतिबन्ध






ActPro Nepal

|

२८ वैशाख, २०८०

|
430

काठमाडौँ  । बलिउड फिल्म ‘द केरला स्टोरी’ लाई पश्चिम बंगालमा प्रतिबन्ध लगाइएको छ। मुख्यमन्त्री ममता बनर्जीले फिल्म प्रदर्शन भएमा राज्यको शान्ति र व्यवस्था भंग हुन सक्ने बताएकी छन्। उनले मुख्य सचिवलाई दिएको आदेशमा कसैले आदेश उल्लङ्घन गरेको पाइएमा कडा कारबाही गर्नुपर्ने बताएकी छन् ।

सरकारले जारी गरेको आदेशमा कुनै हलमा चलचित्र चलेको भए तत्काल हटाउन पनि भनिएको छ । ममताले पत्रकार सम्मेलनमा आफू द कश्मीर फाइल्स र द केरला स्टोरीपछि अब बेङ्गाल फाइल्स बनाउने तयारी भइरहेको बताएकी छिन् । ममताले पहिले कश्मीरका जनताको अपमान गरे, अब केरलाका जनताको अपमान गरिरहेको बताएकी छन् ।

ममता बनर्जीले केरलापछि अब बंगाललाई निशाना बनाइनेछ । बङ्गालको फाइल पनि तयार हुँदै गरेको बताउदै आफूले केरलाका मुख्यमन्त्रीसँग कुरा गर्ने बतएकी छन् । ‘द केरला स्टोरी’ का निर्माता विपुल अमृतलाल शाहले फिल्म प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

द केरला स्टोरीले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार यस फिल्मले रिलिजको तीन दिनमा ३५ करोड कमाइ गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.