add

शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धि ७.७६ प्रतिशत पुग्यो






ActPro Nepal

|

२८ वैशाख, २०८०

|
306

काठमाडौ । चालु आर्थिक वर्षको चैतसम्ममा शोधनान्तर स्थिति एक ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ र अमेरिकी डलरमा १० अर्ब ९४ करोड पुगेको छ । 

चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले जनाएको छ ।

 राष्ट्र बैङ्कका अनुसार गत चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा ०.७६ प्रतिशत बिन्दुले बढी देखिएको छ   ।

चालु आवका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने जनाएको थियो । तर चैत मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।  

 समीक्षा अवधिमा सङ्घीय सरकारको खर्च नौ खर्ब ४३ अर्ब पाँच करोड रुपैयाँ र राजस्व परिचालन छ खर्ब ८३ अर्ब ८१ करोड रुपैयाँ छ । यो अवधिसम्ममा विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले कर्जा प्रवाह ३.५ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव दुई प्रतिशत बराबर हो ।

नौ महिनामा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ । त्यस्तै, आयात १८.१ प्रतिशतले तथा निर्यात २६.३ प्रतिशतले घट्दा कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.