add

विभेदविरुद्ध महिला पत्रकारको साइकल यात्रा समापन






ActPro Nepal

|

२७ वैशाख, २०८०

|
394

काठमाडौं ।  दलितमाथि हुँदै आएको सबैखाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन पत्रकार महिलाले सुरु गरेको साइकलयात्रा मङ्गलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ।

वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, सङ्गीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गरेका थिए। मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उनिहरूले यात्रा पूरा गरेका हुन्।

रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आबद्ध पत्रकार हुन्। अर्घाखाँचीकी सङ्गीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुन्।

‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली-मेची साइकल यात्रा २०८०’ भन्ने नाराका साथ उनिहरूले साइकलयात्रा गरेका हुन्। साइकलमा उनिहरूले राष्ट्रिय झन्डा फहराएको थियो भने विभिन्न जिल्लामा जातीय छुवाछूतलगायतका विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम गरेका छन्। 

साइकल यात्री रीता बुढाथोकीले मुलुकमा ठूला राजनीतिक परिवर्तन र राज्य व्यवस्थामा फेरबदल आएता पनि दलित समुदायले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समानता र आत्मसम्मानको पूर्ण अनुभूति गर्न नपाएको गुनासो गरिन्। साइकलयात्राले समानता र आत्मसम्मानका लागि सकारात्मक सन्देश प्रवाहित गरेको उनको भनाइ छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.