add

अब साउदीबाटै पुन: श्रम स्वीकृति सुरु गरिने






ActPro Nepal

|

२५ वैशाख, २०८०

|
436

दोहा । साउदी अरबबाटै पुन: श्रम स्वीकृति सुरु गरिने भएको छ। रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुन: श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइन मार्फत आवेदन दिन सूचित गरेको हो ।

दूतावासका अनुसार फेमिस अनलाइन प्रणालीमा आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ । यसका लागि राहदानीको फोटो, इकामाको फोटो, छुट्टीको कागज भएकाले सो भिसाको प्रतिलिपि, बिदा समाप्त हुने अवधि खुलेको कागजात, रि इन्ट्री भिसा नभएकाले इकामाको म्याद खुलेको निस्सा वा एव्सोरबाट ईकामाको म्याद देखिने गरी स्कृनसट गरिएको फोटो अपलोड गर्न आग्रह गरेको छ ।

यसैगरी यस अगाडि श्रम स्वीकृति लिँदाको र हाल कार्यरत रहेको कम्पनी फरक भएमा हाल कार्यरत कम्पनीसँग गरिएको करार सम्झौतापत्र र सवारी चालकहरूको हकमा साउदी अरबबाट जारी भएको सवारी चालक अनुमति पत्रको निस्सा अपलोड गर्नुपर्नेछ ।

घरेलु कामदारको रुपमा कार्यरत व्यक्तिले माथि भनिएका कागजातका अलावा कफिलको परिचयपत्र अर्थात कफिलको आइडी, तलव, भत्ता लगायतका अन्य सेवासुविधा खुलेको करार सम्झौता तथा स्वघोषणा फारम भरेर बुझाउनु पर्ने दूतावासले जनाएको छ । 

यसअघि कतारस्थित नेपाली दूतावासले पनि दूतावासबाट नै पुन: श्रम स्वीकृति दिन सुरु गरिसकेको छ। नेपाल सरकारको निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.