add

एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला






ActPro Nepal

|

२४ वैशाख, २०८०

|
349

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन्। आइतबार बिहान चैनपुर–९ खाम्लिङमा चारजना बालबालिका अचेत अवस्थामा फेला परेका हुन् ।

चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चारजना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। प्रहरी निरीक्षक बस्नेतका अनुसार मनबहादुरका छोरा ९ वर्षीय मनध्वज तामाङ, ८ वर्षीय राजेन्द्र तामाङ, ५ वर्षीय निमसाङ तामाङ र छोरी ३ वर्षीया सुपरिना तामाङ घर नजिकै अचेत अवस्थामा फेला परेका थिए।

बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किदा छोराछोरीहरू अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरेका थिए। उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

अचेत अवस्थामा फेला परेको एक छोरा र एक छोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूले जंगली खाने कुरा खाएर विरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.