add

मोदी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन






ActPro Nepal

|

२४ वैशाख, २०८०

|
484

काठमाडौं । मोदी इनर्जी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ५९ करोड ९५ लाख ४२ हजार रुपैयाँ बराबरको ५९ लाख ९५ हजार ४२० कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी प्लस इस्यूअर’ रेटिङ दिएके छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत् आयोजनाको संचालन गरिरहेको छ । जसको कुल लागत ६ अर्ब २० करोड रुपैयाँ र प्रतिमेगावाट लागत ३१ करोड ३ लाख रुपैयाँ रहेको छ। कम्पनीले सो आयोजनाबाट २०७८ असोज १४ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.