add

चेम्बर र उद्योग वाणिज्य महासंघले आर्थिक मुद्दामा सहकार्य गर्ने, अख्तियार ऐन बन्यो मुख्य एजेण्डा






ActPro Nepal

|

२१ वैशाख, २०८०

|
395

काठमाडौ । निजी क्षेत्रका नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच आर्थिक मुद्धामा सहकार्य गर्ने समझदारी गरेका छन् ।

महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितको कार्यसमितिलाई चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको चेम्बरले एक विज्ञप्तिमार्फत बताएको छ ।

मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । चेम्बर र महासंघबीचको सम्वन्ध स्थापना कालदेखि नै नङ र मासुको जस्तो भएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि आर्थिक एजेण्डामा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसँग जोडिएका विभिन्न विषयमा सरकारले आश्वासन दिने तर कार्यान्वय नगर्ने अवस्था सिर्जना भएको छ । सरकारलाई ध्यानाकर्षण गराउनका लागि पनि निजी क्षेत्रका अग्रणी संस्थाहरुले साझा धारणा तय गरेर अघि बढ्न जरुरी छ’ अध्यक्ष मल्लले भने ।

मुलुकको अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रिरहेका बेला अख्तियार सम्वन्धी विधेयकले निजी क्षेत्रमा थप अन्यौल र मनोबल गिराउने काम गरेको पनि उनले बताए । बैंक तथा वित्तीय संस्थामा कायम उच्च ब्याजदरलाई तत्काल घटाउन संयुक्त रुपमा पहल गर्नुपर्ने उनको भनाइ छ ।

महासंघका अध्यक्ष ढकालले पनि आर्थिक मुद्धालाई सम्वोधन गर्न संयुक्त पहल गर्नुपर्नेमा जोड दिए । विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

ढकालका अनुसार मौद्रिक नीतिका केही नीतिगत व्यवस्थाहरु हेरफेर गरेर भएपनि ब्याजदर घटाउन पहल गर्नु जरुरी छ । ‘चेम्बर अफ कमर्स र उद्योग वाणिज्य महासंघको आर्थिक मुद्धा एउटै छ, । अख्तियार क्षेत्राधिकार सम्वन्धी विधेयक, उच्च ब्याजदर जस्ता विषयमा एउटै स्वर बनाउन समेत आवश्यक छ । त्यसका लागि चेम्बर र महासंघले संयुक्त पहल गर्नुपर्छ,’ ढकालले भने ।

निजी क्षेत्रले संगठित रुपमा उठाएका विषयलाई सरकारले पनि गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.