add

मोदी इनर्जीको आईपीओ आजबाट बिक्री खुला






ActPro Nepal

|

१९ वैशाख, २०८०

|
333

काठमाडौं । मोदी इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी दुई अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

जसमध्ये २९ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बाँडफाँट गरिसकेको छ। कम्पनीले चार लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ। 

कम्पनीले तीन लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र एक लाख २८ हजार ९१० कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेको छ।

आरक्षणतर्फ सेयर बाँडफाँटपछि बाँकीसमेत जोडेर कम्पनीले ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो। कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.