add

घोराही सिमेन्टको आईपीओ आजदेखि, कसले भर्न पाउँछन् ?






ActPro Nepal

|

१९ वैशाख, २०८०

|
293

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज मंगलबारदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीय वासिन्दाका लागि प्रतिकित्ता ४०० रुपैयाँ (अंकित मूल्य १०० मा ३०० रुपैयाँ प्रिमियम थपेर) दरले ३ लाख ९७ हजार १९० कित्ता सेयर विक्रीमा ल्याएको हो । सो सेयरमा दाङको घोराही उपमहानगरपालिका (वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९), बंगलाचुली गाउँपालिका (वडा नंं ३ र ४) र रोल्पाको त्रिवेणी गाउँपालिका (वडा नं. ३ र ४) का बासिन्दाहरुले आवेदन दिन पाउने छन् ।

त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ थप गरी) दरले ७ लाख ५४ हजार ६६१ कित्ता साधारण सेयर विक्रीम ल्याएको छ ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि १० कित्तादेखि ७ लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा जेठ २ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा स्थानीयले मात्र ढिलोमा जेठ १७ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीय बासिन्दाले घोराही सिमेन्ट इण्डष्ट्री, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक, नेपाल एसबीआइ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.