add

डिजी पेद्धारा ग्राहकलाई विशेष सेवा तथा सुविधा






ActPro Nepal

|

१९ वैशाख, २०८०

|
389

काठमाडौं । डिजी पे ले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुबैमा कारेबार गर्न मिल्ने सुविधा र फिनटेक इन्डस्ट्रमा व्यावसायिक प्रवर्द्धनका लागि फ्रान्चाइजीको अवधारणा ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमतिप्राप्त संस्था हो ।

डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताविना आवद्ध हुनसक्ने छन् । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको गीतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ । स्थानीय व्यवसाय साझीदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रान्चाइजीको सहकार्य गरेको छ र थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ ।

फ्रान्चाइजीहरूको मुख्य कार्य, व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुल्क आबद्ध गराउनु हो । यसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको छ। यस योजना अन्तगत फ्रान्चाइजीहरूले डिजी पे संगको सहकार्यबाट कम्पनिले प्रदान गरेको target पुरा भएको अवस्थामा प्रति महिना रु।४ लाख देखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनिका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।

डिजी पे मा व्यवसायीहरूले निःशुल्क आवद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचारपसारबाट उच्च मुनाफा आर्जन गर्न सक्नेछन् । डिजी पेमा आबद्ध हुँदा ५ सय रुपैयाँ टपअप र सेवा शुल्कमा छुट, नेपालकै एक न्यूज टेलिभिजन च्यानल ए.वि.सि न्युज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रशारण, राष्ट्रिय दैनिक पत्रिका वf नेपालदप मार्फत विज्ञापन, स्टार हस्पिटलको रु. ८.२५ को दुई वटा ओ.पी.डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट 21st Tech को Digital Marketing /App Develop मा विशेष छुट, Binav Creation को Social Media Content Creation मात्र रु.१५,००० मा साथै डेलिभरी पार्टनर Easy Carrier बाट एकै दिनमा Pickup and Drop, तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.