काठमाडौ । तातोपानी नाका सोमबारदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारीस्वरूप सोमबारदेखि दुईतर्फी आयात-निर्यात शुरू भएको हो। आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए।
गत महीना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो। त्यस अनुसार आजदेखि नेपाल र चीन दुवैतर्फबाट आयात-निर्यात खुला भएको केसीले बताए।
यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा थियो। यससँगै दोहोरो आवतजावतका लागि पनि खुला गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। अहिले सामान मात्रै आयात-निर्यात भइरहेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।