add

‘मौद्रिक नीतिलाई खुकुलो बनाउन जरुरी छ’- अर्थमन्त्री डा. महत






ActPro Nepal

|

१४ वैशाख, २०८०

|
324

विराटनगर । अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘शिथिलता के कारण आयो, निजी क्षेत्र यस विषयमा जानकार छ ।

अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छ, एउटा मौद्रिक नीति हो भने अर्को वित्तीय नीति हो, ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई दिएको छ । राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार छ ।

एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गरियो । कति कसिकसाउ गर्नुपर्ने पथ्र्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो’ मन्त्री डा. महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्न जरुरी छ ।

यो कुरा मैले राष्ट्र बैंकको नेतृत्वलाई भनेको छु । उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’

ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । व्याजदरले बजारमा पूँजी प्रवाह भइरहेको छैन । मौद्रिक नीतिमाफृत् बजारमा पूँजी प्रवाह गर्न जरुरी छ । यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न जरुरी रहेको मन्त्री डा. महतको भनाइ छ ।

‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून छ । अहिले ३० प्रतिशतको मात्र कुरा आएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ । हाम्रो ठेक्का प्रकृयामा समस्या छ, साइट क्लियरेन्सका कुरा आएको छ, समस्यामा निर्णय नहुँदा उत्पन्न हुने समस्या छ ।

सबै क्यिलयरेन्स नभइ ठेक्का लाग्यो, अब काम होला भनेर सबैले पर्खेर बसे, काम अगाडि बढ्दैन’ उनले भने, साइट क्लियरेन्स नहुँदा यो समस्या आउँछ । वैदेशिक सहयोगमा आएको कतिपय आयोजनालगायत स्वदेशी लगानीका आयोजनासमेत अगाडि बढ्न सकेको छैन ।

त्यसले गर्दा पूँजीगत खर्चमा समस्या आएको हो । अबका आयोजनाहरु यी विषयलाई मध्यनजर राखेर अगाडि बढ्नुपर्छ । वर्षको अन्तिम त्रयमासिकमा मात्रै ठेक्का लगाउन जुरमुराउने परम्परा छ, यसरी हुँदैन । पहिलो दिनबाटै हामीले काम सुरु गर्नुपर्छ भनेर हामीले सबै मन्त्रालयका साथीहरुसँग कुरा गरिरहेका छौं ।’

उनले भने, ‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ । समस्याका धेरै पाटा र चाङ छ । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन । समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु । कसरी हामी एकाकार भएर अर्थतन्त्रमा देखिएका समस्या, अवरोध, शिथिलतालाई हटाउने म इमान्दार प्रयास गर्नेछु ।’

‘यो एउटा गाडी कुदेजस्तै हो, गाडीमा, स्टेरिङ राम्रो भएर मात्र पुग्दैन, पाङग्रा वा अन्य सामाग्री मात्र राम्रो भएर पुग्दैन, यसमा सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा ग¥यो भने मात्र गाडी गन्तव्यमा पुग्न सक्छ, मन्त्री डा. महतले भने, ‘देश चलाउन पनि सम्पूर्ण संयन्त्र एकाकार भएर अघि बढ्नुपर्छ । एउटै लक्ष्य छ, सबैको आ–आफ्नो जिम्मेवारी छन्, यो जिम्मेवारी पूरा गर्ने मान्यताका साथ लाग्यौं भने हामी लक्ष्यमा पुग्छौं ।’

डा. महतले भने, ‘राज्य संयन्त्रमा समस्याहरु छन्, यी समस्यालाई सम्बोधन गर्न र छन् भनेर स्वीकार गर्न मलाई कुनै हिचकिचावट छैन । यी समस्यालाई हटाउने सुरुवात गर्न जरुरी छ । ०४६ सालको परिवर्तनपछि देशमा धेरै कुरा भएको छ ।

अहिले सामाजिक सञ्जालको समय छ, संसार सबैको हात–हातमै छ । हामी कुन आधारबाट अघि बढ्यौं, त्यो सुन्ने धर्यता कसैलाई पनि छैन । अरु देशमा यो भइसक्यो, नेपालमा किन नभएको भन्ने चासो सबैलाई छ, हामी कहाँबाट आयौं, त्यो कसैलाई चासो छैन । त्यो अनुसारको परिणाम हामीलाई नेपालको राजनीतिक नेतृत्वले किन दिएन भन्ने प्रश्न गरिरहेका छन् ।’

‘यो चुनौति पार गर्नका लागि हामी संयम भएर काम सुरुवात गर्नैपर्छ । हामीसँग यी समस्या छ, यति साधन छ, यी साधनश्रोतबाट हामी यी काम गर्दैछौं’ मन्त्री डा. महतले भने, ‘कामप्रति हामी जति गम्भीर हुनुपर्ने हो, त्यति नभएका छैनौं ।

अब हामी कुरा कम र काम ज्यादा गर्नुपर्छ । निजी क्षेत्रले आफ्नो समस्याको जगमा पुगेर बुँदागत रुपमा कारण र नतिजा उल्लेख गर्नुस्, अब यी कुरा हटाउनुपर्छ भन्ने सुझाव सल्लाह दिनुहोस ।

‘औद्योगिक प्रारम्भ भएको ठाउँ हो– विराटनगर । प्रतिनिधिमुलक सल्लाह सुझाव हुन्छ भनेर म यहाँ आएको हुँ’, मन्त्री डा. महतले भने, ‘प्रत्यक्ष रुपमा सल्लाह सुझाव राख्न नसक्ने साथीहरुका लागि यहाँका प्रतिनिधिमूलक संस्थाबाट ती विचार र सुझावको प्रतिनिधित्व भएको छ भन्ने मलाई विश्वास छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.