add

नबिलले बैंकले ल्यायो लाइफ टाइम फ्री क्रेडिट कार्ड






ActPro Nepal

|

१२ वैशाख, २०८०

|
352

काठमाडौं । नबिल बैंकले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो । यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । यस कार्डमार्फत् ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।

यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् ।

नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन् । कार्डका लागि आवेदन दिन ग्राहकहरूले नबिल बैंकको वेबसाइटमा गएर वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । यो योजना सिमीत अवधिका लागि मात्र लागु हुने बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.