add

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार






ActPro Nepal

|

१२ वैशाख, २०८०

|
338

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको हो ।

यसदिन ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको २७ लाख ५७० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १ वटा घटेको छ भने अन्य सबै बढेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार ७५ करोड १३ लाख ३० हजार ३३९ रुपैयाँ बराबरको करोबार भएको थियो ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, कालिञ्चोक दर्शन ३ करोड र नबिल बैंक साढे २ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज तारागाउँ होटलको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । त्यस्तै, खप्तड लघुवित्त ७।८५, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र माछापुच्छ्रे बैंकको शेयर मूल्य ४ प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.