काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले सहिद स्मारक ‘ए’ डिभिजन लिगका संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ फुटबल क्लबलाई कारबाही गरेको छ ।
कमिटीले जारी लिगमा एपीएफविरुद्धको खेल सुरु गर्न ढिलो गरेको भन्दै संकटा क्लबलाई १० हजार जरिबाना गरेको छ । एपीएफका अफिसियल जीवेश पाण्डे लाई आठ खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
यस्तै, मछिन्द्रको खेलमा चौथो अफिसियल ज्ञानबहादुर मोक्तानलाई हातपात गरेको भन्दै कमिटीले पाण्डेलाई १० हजार रुपैयाँ जरिबाना लगाउने निर्णयसमेत गरेको छ ।
यस्तै, कमिटीले मछिन्द्रसँगको खेलमा ड्रेसिङ रुमको कुर्सी तोडफोड गरेको भन्दै एफसी खुमलटारलाई १० हजार रुपैयाँ जरिबाना लगाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।