काठमाडौ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज साउदी अरेबियाँसँग खेल्दैछ।
यी दुईबीचको खेल विहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने छ। नेपालले मुलपानी क्रिकेट मैदानमा पहिलो पटक खेल्न लागेको हो।
नेपालले यस प्रतियोगितामा खेलेका यसअघिका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ। पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।
साउदी अरेबियाले भने यसअघि खेलेका दुई खेल मध्ये एकमा जित र एकमा हार बेहोरेको छ। साउदी अरेबियाले कतारलाई पराजित गरेको थियो भने मलेसियासँग हार बेहोरेको थियो।
आज टियु क्रिकेट मैदानमा समुह बि अन्तर्गत बहराइन र हङकङबीच खेल हुने छ। हङकङले यसअघि खेलेका दुवै खेल जितेको छ। हङकङले युएई र सिंगापुरलाई पराजित गरेको थियो।
त्यस्तै बहराइनले भने एक जित र एक हार बेहोरेको छ । बहराइनले सिंगापुरलाई पराजित गरेको थियो भने कुवेतसँग हार बेहोरेको थियो।
१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछ। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन्।
विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।