काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
मलेसियाले दिएको २ सय ३६ रनको चुनौती नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाउँदा कुशल मल्ल ७० रनमा नटआउट रहे। कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ रन बनाउँदा आसिफ शेख एक रनमा आउट भएका थिए। दीपेन्द्र सिंह ऐरी ५ रनमा अविजित रहे।
यसअघि टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।