add

एसीसी प्रिमियर कपः मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल






ActPro Nepal

|

५ वैशाख, २०८०

|
540

काठमाडौं । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आज (मंगलबार) काठमाडौंमा शुरु हुने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा १० टोली सहभागी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

आज (मंगलबार) हुने उदघाटन खेलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्ने भएको छ। यी दुई टोलीको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे शुरु हुने क्यानले जनाएको छ।

मूलपानी खेल मैदानमा हुने सबै खेल निःशुल्क हेर्न पाइने भएपनि त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले टिकटको मूल्य २ सय रूपैयाँ निर्धारण गरेको छ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

नेपालले ३ खेल त्रिवि क्रिकेट मैदानमा खेल्दा एउटा खेल मूलपानी क्रिकेट मैदानमा खेल्नेछ। उपाधि विजेताले एशिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.