add

तीनवटा साना जहाज खरिद गर्दै निगम






ActPro Nepal

|

४ वैशाख, २०८०

|
372

काठमाडौं ।  नेपाल वायुसेवा निगमले आफ्नै आन्तरिक स्रोतबाट तीनवटा  साना जहाज खरिद गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै दुर्गम क्षेत्रका जनताको मागलाई सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने तीनवटा साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउने निर्णय भएको जानकारी दिए। 

यसका लागि निगम व्यवस्थापन उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको र वरिष्ठ क्याप्टेन सुधीर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको उनले बताएका छन्। 

उक्त उपसमितिले आफ्नो कामसमेत अगाडि बढाइसकेको छ। नयाँ जहाज खरिदले पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर सुपथ हुने निगमको विश्वास रहेको छ। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.