add

झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

३ वैशाख, २०८०

|
280

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा झरेको हो ।

यसदिन ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँको ३० लाख ५६ हजार ७७५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ४ वटा बढेको छ भने अन्य घटेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने घटेको छ । विहीवार१ अर्ब ६५ करोड ३३लाख ३४ हजार ६६५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

घट्दो बजारमा आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मैलुङ खोलाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड ८९ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । एनआइसी एशियाको ३ करोड ६४ लाखको कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड १७ लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.