add

ग्लोबल आइएमई बैंकले ‘सोचे जस्तै बैंक खाता’






ActPro Nepal

|

२ वैशाख, २०८०

|
403

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ।

बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत गर्न सक्नेछ। 

यसका साथै, ‘सोचे जस्तै बैंक खाता’ खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन्। साथै, लकर सुविधा लिँदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ।

ग्राहकहरुमा नियमित बचत गर्ने बानिको विकास गर्ने अभिप्रायले बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समय-समयमा यस्ता योजनाहरु ल्याउने गरेको जनाएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

मुलुकको लगभग सबै वित्तीय सूचकांकहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.