काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र संकटमा रहेको भन्दै त्यसलाई तत्काल सुधार गर्नु पर्ने बताएका छन्।
मंगलबार महासंघको ५७औं बार्षिक साधारणसभाको अवशरमा बोल्दै ढकालले विगतमा लिएका कतिपय नीतिका कारण अर्थतन्त्रमा संकट आएको बताए छन्।
उनले भने, ‘ अर्थतन्त्रको अवस्था भयावह हुनुअघि नै सकारात्मक पहल थाले समाधान निस्कने छ । हामिले केहि नीतिगत काम गरे केही महिनामै अर्थतन्त्र लयमा फर्किने थियो । राष्ट्र बैंक र सरकारले केही सहजीकरण गरे समस्या समाधान हुने थियो । ’
महाधिवेशनपछि महासंघको अध्यक्षमा बढुवा हुन लागेका ढकालले सरकार, नियामक र निजी क्षेत्रबीच बृहत्त बिमर्श गरेर समाधान निकाल्न सकिने बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।