add

लखनऊसँग ५ विकेटले हार्‍यो हैदराबाद






ActPro Nepal

|

२५ चैत, २०७९

|
648

काठमाडौ । इण्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्सले दोस्रो जित निकालेको छ।

क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनऊ सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको हो।

लखनऊको घरेलु मैदान एकना स्टेडियममा गएराति टस जितेर ब्याटिङ रोजेको हैदराबादले १२२ रनको लक्ष्य दिएको थियो।

लखनउले २४ बल बाँकी छँदै पाँच विकेट गुमाएर १२२ रनको लक्ष्य भेट्टाएको हो। लखनउका लागि कप्तान केएल राहुलले ३१ बलमा ४ चौका मदतमा ३५ रन बनाए ।

यस्तै क्रुनल पाण्ड्याले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । मार्कस स्टोनीसले अविजित १० तथा निकोलस पुरनले ११ रन जोड्दै अविजित रहे। हैदराबादको लागि आदिल रसिदले दुई तथा भुवनेश्वर कुमार, फजाल्हक फारुकी र उम्रन मल्किले समान एक एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। हैदराबादका लागि राहुल त्रिपाठीले ३४, अनमोलप्रित सिंहले ३१, अब्दुल सामदले अविजित २१ र वासिंगटन सुन्दरले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

तीन खेलमा दोस्रो जित निकालेको लखनऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो हारपछि हैदरवाद अंकविहीन हुँदै पुछारमा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.