add

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन






ActPro Nepal

|

२२ चैत, २०७९

|
490

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि चैत १९ गतेदेखि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ १३ करोड ३७ लाख ३० हजार २०० रुपैयाँ बराबरको १३ लाख ३७ हजार ३०२ कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल दोलखामा २ वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजना ७ मेगावाटको माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

सुरी खोलाको कुल अनुमानित लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड २३ लाख ४५ हजार ५७१ रुपैयाँ रहेको छ।

त्यस्तै, माथिल्लो सुरी खोलाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.