add

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने






ActPro Nepal

|

२१ चैत, २०७९

|
524

काठमाडौ । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशालाको स्वामित्व ग्रहण गरेर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो।

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको रंगशालाको काम रकम अभावका कारण केही वर्षदेखि अलपत्र छ। कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर रंगशाला निर्माण रोकेका थिए।

फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई सार्वजनिक आह्वान गरेका थिए। कट्टेलले अहिलेसम्म उधारोमा काम गरेको र ५४ करोड खर्च भएकोमा करिब १६ करोड रुपैयाँ उधारो भइसकेको बताएका थिए। एकैपटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब आफूहरूको सामर्थ्यले नधान्ने भन्दै काम रोक्नुपरेको उनको भनाइ थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.