सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित रामापिथेकस पार्क नजिकै डाइभर्सन निर्माण गर्ने काम भइरहेकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको हो।
निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु गरेको छ ।
जसले गर्दा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले बन्द गर्न लागिएको हो ।
बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, बाग्लुङलगायतका क्षेत्रको मुख्य मार्ग भएकाले लामो समय सडक बन्द हुँदा सेवाग्राहीले वैकल्पिक बाटो खोज्नुपर्ने भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।