add

नयाँ अर्थमन्त्रीलाई शेयर बजारको रातो झण्डा






ActPro Nepal

|

१९ चैत, २०७९

|
606

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा प्रकाशशरण महतलाई शेयर बजारले  रातो झण्डासहित स्वागत गरेको छ ।

निरन्तर घटिरहेको शेयर बजारले आजपनि उही गतिमा रहेको छ । साताको कारोबारको पहिलो दिन  शेयर बजार मापक सूचक नेप्से २०  अंकले घटेर १८८८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन २६० कम्पनीको १ अर्ब २० करोड ७१  लाख २२ हजार ६ सय रुपैयाँको ३७ लाख ८७  हजार ४४१ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र म्युचुअल फण्डबाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै १.११ प्रतिशतले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.