एजेन्सी । तीव्र गतिका बलर मार्क वुडको घातक बलिङ गर्दै पाँच विकेट लिएपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग मा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।
पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।
दिल्लीका कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५६ रन बनाए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।