add

मनाङ मर्स्याङ्दीलाई हराउँदै थ्री स्टार च्याम्पियन






ActPro Nepal

|

१८ चैत, २०७९

|
552

धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको छ।

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा ए डिभिजन प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो।

थ्री स्टार पहिलोपटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो। मनाङ भने तेस्रोपटक खप्तड गोल्डकपको उपाधि जित्नबाट वञ्चित भएको हो।

थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान विक्रम लामाले एक एक गोल गरेका थिए। अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयको चौथो मिनेटमा कप्तान विक्रमले गोल गर्दै थ्री स्टारलाई २-० को जित दिलाए।

उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोली सहभागी थिए।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्धक रहेको प्रतियोगिताको विजेतालाई प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा लगायतले पुरस्कृत गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.