‘आरजु गिरोहको हेपाइ सहन नसकेको’ भन्दै कांग्रेस छाडे स्वर्णिम वाग्लेले

‘आरजु गिरोहको हेपाइ सहन नसकेको’ भन्दै कांग्रेस छाडे स्वर्णिम वाग्लेले

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेको घोषणा गरेका छन्। आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्ने चर्चाका बीच उनले कांग्रेस छाडेको जानकारी दिएका हुन्। 

उनले कांग्रेस छोडेको सार्वजनिक घोषणा त गरेका छैनन् तर चार नेतालाई पत्र लेखेर यसको जानकारी भने गराएका छन्। शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै गोविन्द पोखरेललाई लेखेको पत्रमा उनले कांग्रेसप्रति अपार सद्भावका बाबजुद आरजु गिरोह (सभापति शेरबहादुर देउवापत्नि आरजु राणा देउवा) को हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका छन्।

उनले नेताहरुलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गरेका छन्। वाग्लेले आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको पनि बताएका छन्।

वाग्ले २०७४ सालमा देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए। उनी गत निर्वाचनमा चितवनबाट चुनाव लड्न चाहन्थे। तर पार्टीले टिकट दिएन। वैशाख १० गते हुने उपनिर्वाचनमा पनि उनले उम्मेदवार बन्ने इच्छा देखाएका थिए। तर, टिकट नपाउने बुझेपछि उनले कांग्रेस छोडेका हुन्।

यस्तो छ स्वर्णिमको पत्रको सम्पादित स्वरुप

प्रिय दाइ, 

हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं। कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु 

स्वर्णिम

Recent Comments

No comments to show.