२५ करोड भन्दा कम चुक्ता पुँजीका कम्पनी एसएमईमा गणना

२५ करोड भन्दा कम चुक्ता पुँजीका कम्पनी एसएमईमा गणना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई एसएमई कम्पनीमा गणना गर्ने भएको छ।

यस्ता कम्पनीले जारी गर्ने आइपीओमा न्यूनतम २५० कित्ता आवेदन दिन पाइनेछ। साथै सेयरको अंकित मूल्य साधारणतया एक सय रुपैयाँ हुने बताइएको छ ।

बिहीबार सार्वजनिक गरिएको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावलीको प्रारम्भिक खाकामा यस्तो उल्लेख गरिएको छ । बोर्डले नियमावलीलाई निष्कर्षमा पुर्‍याउन बोर्डले राय सुझाव लिने बताएको छ ।

बोर्डले एसएमई कम्पनीको कारोबार सञ्चालन गर्न मेन बोर्ड र एसएमई प्लाटफर्म गर्ने जिम्मा एक्सचेन्जलाई दिएको छ। जसअनुसार अहिले कै अवस्थामा पनि कम्पनीहरु दोस्रो बजारमा प्रवेश गर्न सक्नेछन्।

तर ती कम्पनीहरुले जारी पुँजीको ३० प्रतिशतभन्दा कम र ४९ प्रतिशत भन्दा धेरै नहुने गरी आइपीओ निष्काशन गर्नुपर्नेछ। पुँजी बढाउन हकप्रद पनि निष्कासन गर्न सक्नेछन्।

त्यस्तै कम्पनीहरुको सेयर कारोबार टीएमएसबाटै हुनेछ । सूचीकृत संगठित संस्थाले जुनसुकै अवस्थमा धितोपत्रको सूचीकरण स्वेच्छिक खारेज पनि गर्न सक्नेछन्।

त्यस्तै कम्पनीहरुको सर्वसाधारण सेयर पनि ५ वर्षसम्म बेच्न नपाइने भएको छ। धितोपत्र संगठित संस्थाले सर्वसाधारण समूहको लागि प्राथमिक सार्वजनिक निष्कासन गरी सेयर बाँडफाँट भएको मितिले ५ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाइने व्यवस्था नियमावलीमा छ। आम सर्वसाधरणको हकमा भने बेच्न पाउने नियम छ ।

Recent Comments

No comments to show.