काठमाडौं । तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको प्रकरणमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा पक्राउ परेका छन् । प्रहरीले नासु देवराज गौतमलाई पक्राउ बिहीबार पक्राउ गरेको हो ।
तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
केही दिन अगाडि प्रहरीले तिब्बती नागरिकलाई नेपाली नागरिकता दिलाउने गिरोह नै प्रकाउ गरेको थियो । त्यसमा जिल्ला प्रशासन काठमाडौंका कर्मचारीको पनि मिलेमतो भएको प्रहरीको निष्कर्ष छ ।
प्रतिक्रिया