add

बृहत् गुरुयोजना निर्माण गरी पशुपति क्षेत्रको विकास गर्नुपर्छ : राष्ट्रपति






ActPro Nepal

|

१६ चैत, २०७९

|
487

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन्। बिहीबार पशुपतिनाथ क्षेत्रमा ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व रहेको र पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताएका हुन्।

उनले हिन्दू धर्मावलम्बी तथा पर्यटकसमेत आउने तीर्थस्थललाई यथोचित रुपमा व्यवस्थित गर्न वनकाली उद्यानको विशेष महत्व रहेको उल्लेख गरे। पशुपति परिसरभित्र पूजाआजा र अन्य व्यवस्थापनका सम्पूर्ण काम पशुपति क्षेत्र विकास कोषबाट हुनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना निर्माण गरी यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.