१२औं जनगणना : ७३ प्रतिशतसँग स्मार्टफोन, ४९.४ प्रतिशत घरपरिवारसँग टेलिभिजनको पहुँच

१२औं जनगणना : ७३ प्रतिशतसँग स्मार्टफोन, ४९.४ प्रतिशत घरपरिवारसँग टेलिभिजनको पहुँच

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणको पहुँचमा मोबाइलफोन पुगेको छ ।

सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार ७३ प्रतिशत नेपाली परिवारमा स्मार्टफोननको पहुँच पुगेको भने साधारण मोबाइल फोनको पहुँच भने ७३.३ प्रतिशत परिवारमा पुगेको छ ।

यस बाहेक १५ प्रतिशत परिवारमा कम्प्युटर/ल्यापटप पुगेको छ । स्थानीय तह अनुसार १९.९ प्रतिशत नगरपालिका र ४.९ गाउँपालिकामा कम्प्युटर र ल्यापटपको पहुँच पुगेको छ ।

इन्टरनेट सुविधा पुग्ने नगरपालिकाको संख्या ४५.७ प्रतिशत रहेको भने गाउँपालिकाको संख्या २१. ५ प्रतिशत रहेको छ ।

तथ्यांकले ४९.४ प्रतिशत घरपरिवारसँग टेलिभिजन भएको देखाएको हो। जनगणनाको प्रतिवेदनले अधिकांश घरपरिवारले सञ्चार, यातायात तथा विद्युतीय साधनको सुविधा उपयोग गरिरहेको देखाएको छ।

९६ प्रतिशत घरपरिवारले रेडियो, टीभी, मोटरसाइकल, मोबाइल फोन, पङ्खा, साइकल लगायत साधनमध्ये कम्तीमा एक सुविधाको प्रयोग गरिरहेको देखिएको हो।

पछिल्ला दशकमा वैदेशिक रोजगारीले गर्दा घरपरिवारको क्रय क्षमता बढेका कारण सञ्चार, यातायात तथा विद्युतीय साधनको पहुँच भएका घरपरिवारको संख्या बढिरहेको छ।

Recent Comments

No comments to show.