add

केटीएम सिटीले सुरु गर्‍यो सेल, १ हजारभन्दा सस्तोमा कपडा






ActPro Nepal

|

१५ चैत, २०७९

|
591

काठमाडौं । केटीएम सिटीले 'विन्टर सेल अफर' सार्वजनिक गरेको छ । कम्पनीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरूको सेल अफर बजारमा ल्याएको हो ।

केटीएम सिटीका सबै आउटलेटहरूमा ९ सय ९० रुपैयाँसम्मका लुगाहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै यो अफर केटीएम सिटीको आधिकारिक वेबसाइट तथा मोबाइल एपबाट पनि सजिलै अर्डर गर्न सकिने यो अफर अप्रिल ६ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, विन्टर अफर काठमाडौं उपत्यकाभित्र र बाहिरका सबै आउट लेटहरूमा लागू हुनेछ । नेपाली ब्रान्ड केटीएम सिटीले आमसर्वसाधारणलाई लक्षित गर्दै सर्वसुलभ मूल्यमा गुणस्तरीय लुगाहरू उपलब्ध गराउँदै आएको छ।

नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय जगत्‌मा पुर्‍याउने उद्देश्यसहित केटीएम सिटीले भारतका विभिन्न शहरसहित क्यानडामा समेत आउट लेट विस्तार गरेको छ।

कम्पनीले काठमाडौं उपत्यकासहित देशभर शाखा विस्तारलाई आक्रामक ढङ्गले अघि बढाइरहेको छ । देशभरका सबै आउटलेटमा केटीएम सिटी ब्रान्डका पछिल्ला उत्पादन सर्वसुलभ मूल्यमा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.