add

सरकारले संसदको गरिमा घटायो -रघुजी पन्त






ActPro Nepal

|

१५ चैत, २०७९

|
350

काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले सांसद रघुजी पन्तले सरकारले संसदको गरिमा घटाउने काम गरेको बताएका छन्  

बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनले सरकारले संसदको गरिमा घटाएकाले तत्काल यस्ता गतिविधि अन्त्यका लागि रुलिङको माग गरेका हुन्। 

बुधबारको सम्भावित कार्यसूचीमा अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने उल्लेख गरेकोमा अहिले हटाइएको भन्दै उनले विषयगत मन्त्री संसदमा आएर विधेयक पेस गर्नेभन्दा महत्वपूर्ण अर्काे के काम हुन्छ भन्दै प्रश्न गरे । 

संसदले काम गर्न नसकेको भनेर सञ्चार माध्यममा समाचार आइरहेको भन्दै उनले संसदको गरिमा घटाउने कार्यमा सरकार लागेको भए पनि सबै दलहरु आरोपित हुनुपरेको बताए । सरकारका नाममा संसदको गरिमा घटाउने कार्य बन्द गर्न रुलिङ जारी गर्न उनले सभामुख देवराज घिमिरेसँग माग गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.