add

पशुपतिनाथ मन्दिर क्षेत्रमा प्लास्टिकजन्य सामग्री नल्याउन कोषको आग्रह






ActPro Nepal

|

१५ चैत, २०७९

|
279

काठमाडौं । पाशुपत क्षेत्रलाई सफा राख्‍न ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा ल्याउन निषेध गरेको छ।

कोषले बुधबार एक सूचना जारी गर्दै पशुपतिनाथको दर्शन तथा भ्रमण गर्दा प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गरेको हो ।

‘स्वच्छ पशुपति सफा पशुपति’ भन्ने नाराका साथ कोषले पशुपति क्षेत्रको समग्र परिसर सरसफाइका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अगुवाइमा पशुपति क्षेत्रको सरसफाइ सुरु गरेको छ ।  

कोषले एक सूचना जारी गर्दै ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियानमा साथ दिनका लागि पशुपति क्षेत्रमा प्लास्टिक निषेध गरिएको जनाएको हो ।

अभियान अनुसार प्रत्येक शनिबार बिहान आठदेखि १० बजेसम्म मन्दिर क्षेत्र सरसफाइ हुने गरेको छ।

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रलाई सफा र सुन्दर राख्न प्लाष्टिकजन्य सामग्रीका कारण बढी फोहोर देखिएकाले भक्तजन तथा दर्शनार्थीलाई नल्याउन अनुरोध गरेको छ । ‘स्वच्छ पशुपति सफा पशुपति’  अभियानलाई सफल बनाउन सबैलाई जुट्न विकास कोषले आग्रह गरेको छ ।

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.