काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको तेस्रो खेल आज हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटान खेल्दै छन् । खेल साँझ ६ बजेदेखि शुरु हुनेछ ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त खेलमा उत्कृष्ट दुई टोलीले यही चैत १७ गते फाइनल खेल्नेछन् । यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन्, भने दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछन् ।
हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई २५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।