add

३३.१ प्रतिशत नेपाली अविवाहित, धेरै सुदूरपश्चिम प्रदेशमा






ActPro Nepal

|

१० चैत, २०७९

|
515

काठमाडौं । नेपालको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।

जसअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल २ करोड ३९ लाख ५८ हजार ८६८ जनामध्ये ३३.१ प्रतिशत अविवाहित रहेका छन् ।

१० वर्षभन्दा माथिल्लो उमेरका पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत अविवाहित रहेको पाइएको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ ।

१० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूको पहिलो पटक विवाह गर्न पुरा भएको उमेरको आधारमा पुरुष र महिलाको पहिलो विवाह गर्दाको औषत उमेर गणना गरिन्छ ।

दश वर्षमाथिका व्यक्तिहरूमध्ये ६१.८ प्रतिशत विवाहित देखिएको छ । विवाहित पुरुष र महिलाहरूको प्रतिशत क्रमशः ५९.१ र ६४.३ रहेको छ ।

१० वर्ष उमेर नपुग्दै ५४ हजार तीन सय ४८ जनाको विवाह भएको देखिएको छ। जसअन्तर्गत ४५ हजार ७७३ जना महिला र ८ हजार ५७५ पुरुष रहेका छन्।

यस्तै १ करोड ४८ लाख ९ हजार २९४ जनाले विवाह गरेका छन्। विवाह गरेका पुरुष ६८ लाख १० हजार ४२ र महिला ७९ लाख ९९ हजार २५२ जना रहेको जनगणनामा उल्लेख छ।

त्यसैगरी १० वर्षभन्दा बढी उमेरका जम्माजम्मी ४.५ प्रतिशत व्यक्ति विधुर/विधवा रहेको, ०.२ प्रतिशतको पारपाचुके भएको र ०.४ प्रतिशत छुट्टिएर बसेका छन् । विधवा महिलाहरूको संख्या ८ लाख २६ हजार १४७ अर्थात दश वर्षमाथिका कुल महिलाको ६.६ प्रतिशत रहेको पाइएको छ ।

प्रदेशगत विश्लेषण गर्दा अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा १० वर्ष वा सोभन्दा माथिको जनसंख्यामध्ये अविवाहितको संख्या धेरै (३४.७%) र गण्डकी प्रदेशमा कम (३१.०%) रहेको छ । यसैगरी प्रदेशभित्रको वैवाहिक स्थितिको विश्लेषण गर्दा विधुर/विधवाको प्रतिशत गण्डकी प्रदेशमा सबैभन्दा बढी ५.६ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ३.९ प्रतिशत रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.