काठमाडौं । राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
गएको एक दशकमा साक्षर हुने नेपालीको संख्या ७६ प्रतिशत पुगेको छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, पुरुष साक्षरता ८३.६ प्रतिशत र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।
पाँच वर्षभन्दा माथिको उमेरका साक्षर नेपालीको जनसंख्या ७६.२ प्रतिशत पुगेको हो भने १० वर्षअघि नेपालको साक्षर संख्या ६५.९ प्रतिशत थियो ।
सरकारले ०६५ सालमै दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यसहित रणनीति बनाएको थियो । तर, दशक बित्दा पनि निरक्षरता उन्मूलन गर्न सकेको छैन ।
जनगणनाअनुसार शहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ ।
अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।