add

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा






ActPro Nepal

|

८ चैत, २०७९

|
334

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान १० बजे आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । सोमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । ९ लाख २३ हजार ४४९ लाख बढीको भने हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि फागुन २६ देखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ४२ करोड ४८ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको ४२ लाख ४८ हजार ९८३ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र सानिमा मिडिल तमोर हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.