काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार भाेलिदेखि रोक्का हुने भएको छ ।
दुई इन्स्योरेन्स एक आपसमा मर्ज भई भोलि (चैत ९ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै दुवै कम्पनीको सेयर कारोबार रोक्का हुने भएको हो ।
दुई कम्पनी मर्ज भई ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनी समान हैसियत अर्थात् १ः१ सेयर अनुपातमा गाभिने भएका हुन् ।
हाल सानिमाको चुक्ता पूँजी २ अर्ब र रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ छ । नयाँ कम्पनीको एकीकृत चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।