add

ओलीलाई प्रचण्डको जवाफः ‘मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएँ, अझै ऋण बाँकी छ’






ActPro Nepal

|

६ चैत, २०७९

|
464

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वैशाखसम्म सरकारबाट हटिसक्ने दाबी गरेको बताएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले नेकपा एमाले अध्यक्ष ओलीले वैशाखसम्ममा आफू नेकपा एमालेसँगै  राष्ट्रपतिको बाँयापट्टी लबिमा आइपुग्ने दाबी गरेको उल्लेख गर्दै त्यसको निर्णयको जिम्मा सांसदहरुलाई छोडेको बताए । 

उनले ओलीको भनाइलाई पुष्टि गर्ने वा नगर्ने भन्ने निर्णय सांसदहरुमा छोडेको पनि बताए । 

 प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएकाले अझै एक पटक ओलीले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्ने बताए ।  

उनले भने, ‘ओलीजीलाई मैले आभार व्यक्त गरेको छु तपाईंले मलाई प्रधानमन्त्री बनाउनु भयो भनेर । मैले तपाईंलाई २ पटक प्रधानमन्त्री बनाएको थिएँ, तपाईंले मलाई ब्याज तिर्नुपर्ने थियो । ऋण तिर्नुपर्ने थियो । अझै एक पटक बाँकी छ । हिसाव राख्नुहोला ।’

प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर बालकोट नगएको बरु एमालेले बारम्बार बोलाएपछि बालकोट पुगेको स्पष्ट पारे । उनले एजेण्डा नमिलेका कारण एमालेसँगको सहकार्य टुटाउनुपरेको बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.