add

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन, गठबन्धन ५ वर्ष टिक्छ: माधव नेपाल






ActPro Nepal

|

६ चैत, २०७९

|
322

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । आजको संसद बैठकमा बोल्दै एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई महिनामै पुनः विश्वासको मत लिने अवस्था आएकोले फेरिपनि त्यस्तै अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।

सोही विषयमा अध्यक्ष नेपालले  त्यस्तो अवस्था नआउनेमा आफूलाई पूरा विश्वास रहेको बताए । अध्यक्ष नेपालले अब यो गठबन्धन नटुट्ने समेत बताएका छन् । ‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ,’ उनले भने,  ‘राष्ट्रको सबै चुनौतीहरूको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ ।’  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.