काठमाडौँ । सिटिजन लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता २९० रुपैयाँ दरका १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको हो ।
फेस भ्यालूमा १९० रुपैयाँ प्रिमियमसहित ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्ने कम्पनीको योजना छ । यद्यपि, कर्मचारीलाई भने १०० रुपैयाँका दरले नै सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।